All wards
आधारभूत जानकारी
काले गोले
9749326605
panchpokharimun5@gmail.com
पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा
Ward statistics
Population
0
Households
535
Area
24.24
संक्षिप्त विवरण (Short Description)
परिचय
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ५ गुन्सा सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण वडा हो। हिमाली सभ्यता, ह्योल्मो–तामाङ संस्कृति, प्राचीन गुम्बा, ऐतिहासिक गुठी तथा धार्मिक सम्पदाका कारण यस वडाले गाउँपालिकाको सांस्कृतिक पहिचानलाई विशेष योगदान पुर्याएको छ। हिमाली संस्कृति तथा ह्योल्मो सभ्यताका अध्येता न्हाक्पो लामा (फुर्बा सिंगी लामा) का अनुसार गुन्सा क्षेत्रको इतिहास अत्यन्त पुरानो रहेको विभिन्न ऐतिहासिक ग्रन्थहरूमा उल्लेख पाइन्छ।
साविक गुन्सा गाउँ विकास समितिका सम्पूर्ण वडाहरू समेटेर गठन गरिएको यस वडाको कुल क्षेत्रफल २४.२४ वर्ग किलोमिटर रहेको छ।
भौगोलिक अवस्था
वडाको सिमाना निम्नानुसार रहेको छः
उत्तर: वडा नं. ४ (थाङपालकोट)
दक्षिण: वडा नं. ६ (थाङपालधाप) तथा वडा नं. ७ (भोटेनाम्लाङ)
पूर्व: जुगल गाउँपालिका
पश्चिम: वडा नं. ६ (थाङपालधाप), इन्द्रावती खोला तथा वडा नं. २ (बरुवा)
गुन्सा हिमाली तथा मध्यपहाडी भू–भागको संगमस्थल भएकाले यहाँ वन, कृषि भूमि, नदी तथा धार्मिक सम्पदाको सन्तुलित उपस्थिति रहेको छ।
ऐतिहासिक पृष्ठभूमि तथा नामाकरण
स्थानीय इतिहास अनुसार धेरै वर्षअघि थाङपालकोट र गुन्सा एउटै गाउँ विकास समिति अन्तर्गत रहेका थिए। तामाङ भाषाको "थाङप्ला" शब्दबाट अपभ्रंश हुँदै "थाङपाल" नाम रहन गएको विश्वास गरिन्छ। करिब १२००–१३०० ईस्वी को अवधिमा गोले समुदायका पुर्खाहरू यस क्षेत्रमा आएर बसोबास गरेको स्थानीय किंवदन्तीमा उल्लेख पाइन्छ।
स्थानीय जनश्रुति अनुसार गोले र बोम्जन समुदायका पुर्खाहरूले नयाँ बसोबासका लागि स्थान छनोट गर्ने क्रममा बाँसखर्क, बरुवा र किउलको सिमानामा पर्ने गोदोज्यो डाँडा बाट तीर प्रहार गरेका थिए। गोले समुदायको तीर थाङपाल क्षेत्रमा र बोम्जन समुदायको तीर नाम्लाङ क्षेत्रमा लागेको विश्वास गरिन्छ। उक्त घटनासँग सम्बन्धित ढुङ्गा लामो समयसम्म रहेको स्थानीय विश्वास छ।
गुन्सा नामको उत्पत्तिसँग पनि एउटा महत्वपूर्ण धार्मिक प्रसङ्ग जोडिएको छ। करिब २४० वर्षअघि देशभर अनिकाल परेको समयमा तार्केघ्याङबाट तिब्बती मूलका लामा ख्याप्ता कर्म धुन्ज्योन लाई गुन्सामा ल्याई पूजा–आराधना गराइएको थियो। उहाँले गुम्बा तथा मन्दिरहरूको जीर्णोद्धार गरी महाकाल पूजा सम्पन्न गरेपछि अनिकाल समाप्त भएको विश्वास गरिन्छ। स्थानीय जनताले उहाँबाट ठूलो "गुण" प्राप्त गरेको अनुभूति गरेपछि "गुण छ" भन्ने शब्द कालान्तरमा अपभ्रंश हुँदै "गुन्सा" नाम रहन गएको जनविश्वास रहेको छ।
यस सेवाको सम्मानस्वरूप तत्कालीन राजा पृथ्वीनारायण शाहले उहाँलाई विर्ता प्रदान गरेको र सो गुठी आज पनि गोरखनाथ गुठी का रूपमा कायम रहेको स्थानीय इतिहासमा उल्लेख पाइन्छ।
सांस्कृतिक तथा धार्मिक महत्व
गुन्सा गाउँपालिकाको सबैभन्दा पुरानो तथा ऐतिहासिक गुम्बा रहेको स्थानका रूपमा परिचित छ। गुठी संस्थानका अभिलेख अनुसार यहाँको प्रमुख गुम्बाले वि.सं. १८८७ मा प्रमुख लामा दोर्जे ग्याल्बो लामाको नाममा लालमोहर प्राप्त गरेको उल्लेख पाइन्छ भने बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अभिलेख अनुसार यसको स्थापना वि.सं. १२०० तिर भएको मानिन्छ।
वडामा रहेको मामयुङ्बा नामक विशाल शिलालाई तामाङ समुदायले विशेष धार्मिक तथा सांस्कृतिक महत्वका साथ हेर्ने गर्दछन्। स्थानीय जनविश्वास अनुसार यस शिलाबाट गाउँमा हुने महत्वपूर्ण घटनाको संकेत प्राप्त हुने विश्वास गरिन्छ।
प्राकृतिक तथा आर्थिक अवस्था
गुन्सा प्राकृतिक स्रोत, वन सम्पदा तथा कृषि उत्पादनका दृष्टिले सम्भावनायुक्त वडा हो। अधिकांश परिवारको मुख्य पेशा कृषि हो भने वैदेशिक रोजगारी आयआर्जनको अर्को महत्वपूर्ण स्रोत बनेको छ। पछिल्ला वर्षहरूमा आधुनिक कृषि प्रणाली, फलफूल खेती तथा कृषि उद्यमतर्फ स्थानीय किसानहरूको आकर्षण बढ्दै गएको छ।
वडामा अधिकांश घरधुरी विद्युत् सेवाको पहुँचमा रहेका छन्। एकीकृत बस्ती संरचनाका कारण विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न अपेक्षाकृत सहज वातावरण रहेको छ।
जनसांख्यिक विवरण
पाँचपोखरी थाङपाल गाउँपालिकाको परिवेश सर्वेक्षण (२०७४/०७५) अनुसार:
विवरण संख्या
कुल जनसंख्या ३,२७१
महिला १,५८२
पुरुष १,६८९
घरधुरी ६९०
जनघनत्व १३४.९४ जना प्रति वर्ग कि.मि.
जातीय तथा सामाजिक संरचना
वडामा मुख्य रूपमा निम्न समुदायहरूको बसोबास रहेको छः
तामाङ (बहुसंख्यक)
नेवार
दलित
अन्य समुदाय
शिक्षा
वडामा रहेका प्रमुख शैक्षिक संस्थाहरू:
श्री सातकन्यमति माध्यमिक विद्यालय
कुम्भेश्वरी आधारभूत विद्यालय
स्वास्थ्य सेवा
वडामा उपलब्ध स्वास्थ्य संस्था:
गुन्सा स्वास्थ्य चौकी
धार्मिक तथा पर्यटकीय सम्पदा
गुन्सा वडा धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न क्षेत्र हो। प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू:
च्यो–चे सामुदायिक भवन
तोप्के झरना
साङछ्योलिङ गुम्बा
ऐतिहासिक शिलापत्र
छ्युर्तेन मानि
थाङपाल सङ्ग्रहालय
देउराली जनजागृति सामुदायिक भवन
कृषि तथा पशुपालन
गुन्सा वडामा कृषि तथा पशुपालन व्यवसाय क्रमशः व्यावसायिक बन्दै गएको छ। सञ्चालनमा रहेका प्रमुख कृषि तथा पशुपालन उद्यमहरू:
साङछ्योलिङ हर्ब्रो एग्रो फार्म
आर.जी. कृषि तथा पशुपालन फार्म
राधा किवी तथा कृषि फार्म
निमा कृषि तथा पशुपालन फार्म
थाङपाल एग्रो फरेष्ट्री
ज्वाईँ–जेठान धसिँगरे उद्योग
ब्राइट मल्टिपर्पोज सर्भिसेज प्रा.लि.
मुख्य कृषि उत्पादनहरूमा धान, मकै, कोदो, गहुँ, आलु, तरकारी, फलफूल तथा नगदे बाली समावेश छन्। पशुपालनतर्फ गाई, भैँसी, बाख्रा, बङ्गुर तथा कुखुरापालन प्रमुख रूपमा गरिन्छ।
प्रमुख चाडपर्व
सोनाम ल्होसार
दशैं
तिहार
बुद्ध जयन्ती
जनै पूर्णिमा
अन्य स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वहरू
विकासका सम्भावना
गुन्सा वडा धार्मिक तथा सांस्कृतिक पर्यटन, ऐतिहासिक गुम्बा संरक्षण, सामुदायिक संग्रहालय, कृषि उद्यम, फलफूल खेती, जडीबुटी उत्पादन तथा ग्रामीण पर्यटन विकासका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। यहाँ रहेका ऐतिहासिक गुम्बा, शिलापत्र, सांस्कृतिक सम्पदा तथा प्राकृतिक स्रोतको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय आर्थिक विकासलाई थप गति दिन सकिने पर्याप्त सम्भावना रहेको छ।
प्रमुख चुनौती
यातायात पूर्वाधारको थप विकास, कृषि आधुनिकीकरण, बजार पहुँच, युवा जनशक्तिको वैदेशिक पलायन तथा ऐतिहासिक सम्पदाको संरक्षण यस वडाका प्रमुख चुनौती हुन्। योजनाबद्ध पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन तथा कृषि व्यवसायीकरणमार्फत वडा नं. ५ गुन्सालाई समृद्ध, आत्मनिर्भर तथा सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त आधार रहेको छ।