All wards
आधारभूत जानकारी
बिष्णु बहादुर खड्का
9749326608
panchpokharimun8@gmail.com
पाँचपोखरी थाङपाल गाउँपालिका–८, लाङर्चे
Ward statistics
Population
0
Households
752
Area
16.67
संक्षिप्त विवरण (Short Description)
परिचय
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. ८ लाङर्चे प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक विविधता तथा कृषि सम्भावनाले सम्पन्न वडा हो। राजधानी काठमाडौंसँग जोडिएको सिन्धुपाल्चोक जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित यस वडाले हिमाली तथा पहाडी भू–परिवेशको विशिष्ट पहिचान बोकेको छ। यहाँको रमणीय प्राकृतिक वातावरण, ऐतिहासिक महत्व तथा धार्मिक सम्पदाले यस वडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रूपमा स्थापित गरेको छ।
साविक लाङर्चे गाउँ विकास समितिका सम्पूर्ण क्षेत्र समेटेर गठन गरिएको यस वडाको कुल क्षेत्रफल १६.६७ वर्ग किलोमिटर रहेको छ।
भौगोलिक अवस्था
लाङर्चे वडा भौगोलिक रूपमा उच्च पहाडी तथा भिरालो भू–भागमा अवस्थित छ। यहाँ पहाडी ढिस्का, वन क्षेत्र, कृषि योग्य जमिन, नदी तथा प्राकृतिक सम्पदाको राम्रो संयोजन रहेको छ।
वडाका प्रमुख बस्तीहरू:
ओख्रेनी
ओडारे
घ्याङटोल
गुरुङ टोल
लप्से
कोटगाउँ
आँगे
पुरानो गाउँ
लाङर्चे
तिपेनी
खाल्डेखोला
नामाकरण
लाङर्चे नामको उत्पत्तिबारे स्थानीय रूपमा दुई प्रमुख जनश्रुति प्रचलित छन्।
पहिलो जनश्रुति अनुसार तामाङ भाषाको "लाङ" अर्थात् गोरु र "चेत" अर्थात् खर्क भन्ने शब्दबाट "लाङचेत" बनेको हो, जसको अर्थ गोरु चराउने खर्क भन्ने हुन्छ। कालान्तरमा यही शब्द अपभ्रंश हुँदै लाङर्चे नाम रहन गएको विश्वास गरिन्छ।
अर्को जनविश्वास अनुसार तामाङ भाषामा "ला" भन्नाले देवता (भगवान) र "च" भन्नाले चढाउने स्थान भन्ने अर्थ लाग्दछ। बेत्रावती देवीलाई पूजा–अर्चना तथा चढावा अर्पण गरिने स्थान भएकाले यस क्षेत्रलाई लाङ्चे भनिएको र पछि अपभ्रंश हुँदै लाङर्चे नाम रहन गएको मानिन्छ।
सामाजिक तथा सांस्कृतिक अवस्था
लाङर्चे बहुजातीय तथा बहुसांस्कृतिक वडा हो। विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिको सहअस्तित्व यहाँको विशेषता हो।
घरधुरी सर्वेक्षण (२०७४/०७५) अनुसार:
क्षेत्री समुदायको बाहुल्यता रहेको छ।
दोस्रो ठूलो समुदाय तामाङ रहेको छ।
ब्राह्मण, शेर्पा, गुरुङ, भुजेल, दलित तथा अन्य समुदायको पनि उल्लेखनीय बसोबास रहेको छ।
अधिकांश परिवारको मुख्य पेशा कृषि तथा पशुपालन हो भने केही परिवार व्यापार, सेवा तथा अन्य पेशामा आबद्ध छन्।
जनसांख्यिक विवरण
विवरण संख्या
कुल क्षेत्रफल १६.६७ वर्ग कि.मि.
कुल घरधुरी ८२७
जनघनत्व २०५.५१ जना प्रति वर्ग कि.मि.
प्रमुख जातजाति
ब्राह्मण
क्षेत्री
तामाङ
शेर्पा
गुरुङ
भुजेल
परियार
विश्वकर्मा
अन्य समुदाय
धर्म
वडामा मुख्य रूपमा निम्न धर्मावलम्बीहरूको बसोबास रहेको छ।
हिन्दू
बौद्ध
ईसाई
शिक्षा
वडामा रहेका प्रमुख शैक्षिक संस्थाहरू:
लाङर्चे माध्यमिक विद्यालय
नौलिङ्गेश्वरी आधारभूत विद्यालय
सरस्वती आधारभूत विद्यालय
बालज्योति आधारभूत विद्यालय
पञ्चकन्या आधारभूत विद्यालय
स्वास्थ्य सेवा
वडामा उपलब्ध स्वास्थ्य संस्थाहरू:
लाङर्चे स्वास्थ्य चौकी
नौलिङ्गेश्वरी स्वास्थ्य इकाइ
गाउँघर स्वास्थ्य क्लिनिक
धार्मिक तथा पर्यटकीय सम्पदा
लाङर्चे धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त वडा हो।
प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू:
नौलिङ्गेश्वरी महादेवस्थान
ओख्रेनी गुम्बा
ओख्रेनी होमस्टे
गाउँपालिका प्रवेशद्वार (खाल्डे)
स्वस्थानी मन्दिर, नागीडाँडा
भिमेश्वर मन्दिर, सुनखानी
कालीदेवी थान, कोटगाउँ
बेत्रावती मन्दिर, लाङर्चे
महादेव पिँडी, कोले
शिव मन्दिर, लाङर्चे
हल्लिने ढुङ्गा (लाङर्चे–इन्द्रावती गाउँपालिका सिमाना)
कृषि तथा पशुपालन
लाङर्चे कृषि तथा पशुपालनका दृष्टिले सम्भावनायुक्त वडा हो। यहाँ आधुनिक कृषि तथा व्यावसायिक पशुपालन विस्तार हुँदै गएको छ।
प्रमुख कृषि तथा पशुपालन फार्महरू
हिमालयन जडीबुटी कृषि तथा पशु फार्म
रैथानेश्वर पाँचपोखरी कृषि फार्म प्रा.लि.
सिउरेनी बाख्रा फार्म
बेत्रावती बाख्रा फार्म
हरियाली एकीकृत कृषि फार्म
भिमेस्थान एकीकृत कृषि तथा पशु फार्म
नौलिङ्गेश्वरी बाख्रा फार्म
प्रमुख कृषि उत्पादन
धान
मकै
गहुँ
कोदो
आलु
तरकारी
अदुवा
बेसार
फलफूल
जडीबुटी
पशुपालन
गाई
भैँसी
बाख्रा
कुखुरा
बङ्गुर
प्रमुख चाडपर्व
दशैं
तिहार
सोनाम ल्होसार
बुद्ध जयन्ती
माघे सङ्क्रान्ति
अन्य स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वहरू
विकासका सम्भावना
लाङर्चे वडा धार्मिक पर्यटन, ग्रामीण पर्यटन, होमस्टे सञ्चालन, कृषि व्यवसायीकरण, जडीबुटी खेती, फलफूल उत्पादन तथा पशुपालन विकासका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। बेत्रावती मन्दिर, ओख्रेनी होमस्टे, हल्लिने ढुङ्गा, प्राकृतिक दृश्यावलोकन क्षेत्र तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन प्रवर्द्धन गरी स्थानीय रोजगारी तथा आयआर्जन वृद्धि गर्न सकिने पर्याप्त सम्भावना रहेको छ।
प्रमुख चुनौती
ग्रामीण सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण, पर्यटन पूर्वाधार विकास, युवाको वैदेशिक पलायन, विपद् जोखिम व्यवस्थापन तथा सार्वजनिक सेवाको पहुँच विस्तार यस वडाका प्रमुख चुनौती हुन्। योजनाबद्ध पूर्वाधार विकास, कृषि आधुनिकीकरण, धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन, स्थानीय उद्यमशीलता विकास र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत वडा नं. ८ लाङर्चेलाई समृद्ध, आत्मनिर्भर तथा दिगो विकासको नमुना वडाका रूपमा विकास गर्न सकिने पर्याप्त आधार रहेको छ।