All wards
आधारभूत जानकारी
आलोक कुमार स्याङ्बो
9749326601
panchpokharimun1@gmail.com
पाँचपोखरी थाङपाल गाउँपालिका–१, बाँसखर्क
Ward statistics
Population
0
Households
665
Area
14
संक्षिप्त विवरण (Short Description)
परिचय
बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नं. १ बाँसखर्क प्राकृतिक सौन्दर्य, कृषि सम्भावना, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न वडा हो। साविक बाँसखर्क गाउँ विकास समितिका सम्पूर्ण ९ वटै वडाहरू समेटी गठन गरिएको यस वडाको कुल क्षेत्रफल १४.९७ वर्ग किलोमिटर रहेको छ।
यस वडाको पूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ (भोटेनाम्लाङ तथा लागर्चे), पश्चिममा हेलम्बु गाउँपालिका वडा नं. २ र ३ (किउल तथा पाल्चोक), उत्तरमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. २ (बरुवा) तथा दक्षिणमा मेलम्ची नगरपालिका वडा नं. ८ (दुवाचौर) पर्दछन्।
नामाकरण
स्थानीय जनविश्वासअनुसार परापूर्वकालमा यस क्षेत्रमा प्रशस्त मात्रामा बाँसका जंगल (खर्क) रहेको कारण यस स्थानको नाम "बाँसखर्क" रहन गएको हो। अर्कोतर्फ केही ज्येष्ठ नागरिकहरूको भनाइअनुसार यस क्षेत्रमा बाँझ प्रजातिका रुखहरू अत्यधिक पाइने भएकाले सुरुमा "बाँझखर्क" भनिँदै आएको र कालान्तरमा अपभ्रंश भई "बाँसखर्क" नाम रहन गएको विश्वास गरिन्छ।
बस्ती संरचना
यस वडाभित्र बाँसखर्क, जतन, मन्दिगाउँ तथा डाँङदुवा प्रमुख बस्तीहरू रहेका छन्। साथै याङरीखोर, बोलम्ची, पागुगुम्बा, थार्पुचेत, तोम्सांखोर, स्याङ्वोखोर, तलेघर, काकाचेत, खरुबजार, मानेचोक, जतनथलो, गेण्डेभ्राङ, बर्जेटोल, काष्ठटोल, पुजारीटोल, सेपटोल तथा खनालटोल लगायतका टोलहरू रहेका छन्।
प्राकृतिक अवस्था
यस क्षेत्रमा न्यानो समशीतोष्ण हावापानी पाइन्छ। तल्लो भेग कृषि उत्पादनका लागि उपयुक्त रहेको छ भने माथिल्लो भेग फलफूल तथा नगदे बाली उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मानिन्छ।
यहाँ गोब्रे सल्लो, चिलाउने, बाँझ, लालीगुराँस, निगालो, काफल, कटुस, लप्सी, काउलो, मेहेल, पैँयु, कोइरालो, टिमुर, मौवा, रक्तचन्दन लगायतका वनस्पति पाइन्छन्। तल्लो क्षेत्रमा साल, साज, सिमल, उत्तिस तथा अन्य मिश्रित वनको पर्याप्त उपस्थिति रहेको छ।
कृषि तथा पशुपालन
बाँसखर्क वडा कृषि तथा पशुपालनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो।
मुख्य खाद्यान्न बालीहरू:
धान
मकै
कोदो
गहुँ
आलु
नगदे तथा व्यावसायिक बालीहरू:
किवी
चिया
कफी
सुन्तला
कागती
अदुवा
बेसार
लसुन
विभिन्न मौसमी तरकारी
पशुपालन अन्तर्गत:
गाईपालन
भैँसीपालन
बङ्गुरपालन
खरायोपालन
कुखुरापालन
मौरीपालन
सिँचाइ सुविधा विस्तारको राम्रो सम्भावना भएकाले व्यावसायिक कृषिको विकासका लागि वडा उपयुक्त मानिन्छ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा
यस वडामा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरू रहेका छन्।
धार्मिक स्थलहरू
चिण्डेश्वरी मन्दिर
मन्दिगाउँ देवीस्थान
भीमसेनस्थान (पुरानो बजार)
भीमसेनस्थान (तलेघर)
भीमसेनस्थान (पुजारीटोल)
महाकाली मन्दिर
मावली देवीस्थान
तीनधारा धार्मिक स्थल
गोछ्यो ज्यो-ओ थान (भूमेस्थान)
पद्मसम्भव गुरु रेम्बोर्छे स्थल
बौद्ध धार्मिक स्थल
महायान बुद्धिष्ट सेवा समाज
योल्मो काइन्यिङ शेडुप लिङ गोन्पा (जतन)
पर्यटकीय आकर्षण
चिया बगान
ओम्जियान
भूमेस्थान (ज्येबाथान)
धार्मिक लहरे माने (स्तूपा)
प्राकृतिक सम्पदा
वडामा रहेका प्रमुख झरना तथा प्राकृतिक आकर्षणहरू:
खरुखोला लामो छाँगो
फन्दला खोला छाँगो
छ्योङछ्योङ खोला
सिँचाइ संरचना
पुजारीटोल सिँचाइ आयोजना
ग्हामाङखोला सिँचाइ
भीरकुना सिँचाइ
फन्दलाङ खोला सिँचाइ
धारा तथा खानेपानी स्रोत
तीनधारा (ढुङ्गेधारा)
जन्तरे टोल ढुङ्गेधारा
जनसांख्यिक विवरण (राष्ट्रिय जनगणना २०६८)
विवरण संख्या
कुल जनसंख्या ३,९७५
महिला १,९९१
पुरुष १,९८४
घरधुरी ९५७
मुख्य जातजाति
तामाङ
क्षेत्री
नेवार
शिक्षा
वडामा रहेका प्रमुख शैक्षिक संस्थाहरू:
श्री भीम विद्याश्रम माध्यमिक विद्यालय
श्री जनहित आधारभूत विद्यालय
बाल विकास आधारभूत विद्यालय
स्वास्थ्य सेवा
बाँसखर्क स्वास्थ्य चौकी
जतन सामुदायिक स्वास्थ्य इकाइ
गाउँघर स्वास्थ्य क्लिनिक
प्रमुख चाडपर्व
सोनाम ल्होसार
दशैं
तिहार
बुद्ध पूर्णिमा
तीज
अन्य स्थानीय धार्मिक तथा सांस्कृतिक पर्वहरू
विकासका सम्भावना
वडा नं. १ बाँसखर्क कृषि, पशुपालन, फलफूल उत्पादन, मौरीपालन, धार्मिक पर्यटन तथा इको–टुरिज्म विकासका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो। चिया, कफी, किवी तथा सुन्तला खेती विस्तार, जैविक कृषि प्रवर्द्धन, धार्मिक तथा प्राकृतिक पर्यटनको विकास र ग्रामीण पूर्वाधार विस्तारमार्फत स्थानीय आयआर्जन तथा रोजगारी सिर्जनाको व्यापक सम्भावना रहेको छ।
प्रमुख चुनौती
यद्यपि कृषि तथा पर्यटनको उच्च सम्भावना हुँदाहुँदै पनि पर्याप्त सिँचाइ, कृषि आधुनिकीकरण, बजार पहुँच, सडक स्तरोन्नति, विपद् जोखिम न्यूनीकरण तथा युवाको वैदेशिक पलायनजस्ता चुनौतीहरू अझै विद्यमान छन्। यी क्षेत्रहरूमा योजनाबद्ध लगानी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेमा वडा नं. १ बाँसखर्कलाई समृद्ध, आत्मनिर्भर तथा दिगो विकासको नमुना वडाका रूपमा विकास गर्न सकिने पर्याप्त आधार रहेको छ।