विदाको दिन पनि कार्यालय सञ्चालन हुने सम्बन्धि सूचना !
२० र २१ गते विदाको दिन कार्यालय सञ्चालन हुने सम्बन्धमा।
पाँचपोखरी थाङपाल गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चौतारा, सिन्धुपाल्चोक
सूचना
मिति: २०८३/०३/१९
विषयः मिति २०८३/०३/२० र २१ गते विदाको दिन कार्यालय सञ्चालन हुने सम्बन्धमा।
यस गाउँपालिकाको अत्यावश्यक प्रशासनिक कार्य, सेवा प्रवाह तथा कार्यालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मिति २०८३ साल असार २० गते (शनिबार) र २१ गते (आइतबार) विदाको दिन समेत गाउँपालिकाको कार्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राही महानुभावहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
उक्त दिनहरूमा सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय समयभित्र अनिवार्य रूपमा उपस्थित भई आ-आफ्नो जिम्मेवारी अनुसार कार्यसम्पादन गर्न तथा सेवाग्राही महानुभावहरूलाई आवश्यक सेवा प्रदान गरिने जानकारी समेत अनुरोध गरिन्छ।
यस सम्बन्धमा सबैको जानकारी तथा आवश्यक कार्यान्वयनका लागि अनुरोध छ।
आज्ञाले,
.......................................
प्रमुख प्रशासकीय अधिकृत
पाँचपोखरी थाङपाल गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय